April 19, 2024 16:51:47

Message

नेपालको निम्न तथा मध्यमवर्गीय परिवारबाट आउने विद्यार्थीको लागि प्राविधिक एसएलसी अन्तर्गत कृषि जे.टि.ए. र भेटेरेनरी जे.टि.ए. अध्ययन पुरा गरी सकेपछि व्यावसायिक तथा स्वरोजगार बनी सेवामा लाग्न सकिने एवं नेपाल सरकारको राज अनंकित द्वितीय श्रेणीमा समेत लोकसेवा मार्फत उपजीवन सेवा गरी सक्षम र सवल नागरिक बन्न सकिने शिक्षा भनेको प्राविधिक शिक्षा हो ।
यसबाट देश तथा विदेशमा अध्ययन पश्चात अति महत्वपूर्ण सीप सिकी सकेकोले त्यसबाट प्राविधिक ज्ञान भएका हुनाले कार्य क्षमता तथा दक्षताको मुल्याङ्कन गरी अतिरिक्त सेवा सुविधाहरु पाईन्छ । त्यसैले प्राविधिक शिक्षाको छुट्टै महत्व छ र सफा कृषिजन्य उत्पादकत्व उत्पादन गर्नको लागि व्यावसायिक शिक्षामा जोड दिई कृषि व्यापार तथा व्यावसायलाई प्रोत्साहन दिने खालको विद्यार्थीहरुलाई सधै हामी सबैले स्वागत गर्नेछौ ।
यस शिक्षालयबाट उत्तिर्ण हुन सफल भई बौद्धिक कार्य क्षमता र दक्षता अनुसार माथिल्लो तहमा समेत एसईईमा जुनसुकै श्रेणीमा उत्तिर्ण भएपनि अध्ययन गर्न सकिने र स्वदेश तथा विदेशमा समेत कृषि व्यावसायलाई उज्ज्वल भविष्य देख्न सक्ने विद्यार्थीहरुको लागि सधै हामी प्राविधिक शिक्षामा सहयोग गर्नेछौ ।