December 07, 2025 11:16:09

Campaign

के धनि ? के गरिव ? सवै तह, तप्का र वर्गका वेरोजगार युवायुवतीहरुले सहज, सरल र सर्वशुलभ रुपमा बोली खाने शिक्षा नभई गरी खाने शिक्षा अध्ययन गराउने दृष्टिकोणले यस शिक्षालय संचालनको परिकल्पना गरिएको छ ।
नेपाल सरकारको ‘समृद्ध नेपाल र सुखी नेपाली’ भन्ने दीर्घकालीन सोचलाई साकार पार्न प्राविधिक तथा व्यवसायिक शिक्षा र तालीमको समयानुकुल विकास गर्न नितान्त जरुरी छ । वर्तमान परिपेक्षमा नेपालको लागि आवश्यक दक्ष र सीयपुक्त जनशक्ति उत्पादनमा देउराली जनता प्राविधिक शिक्षालयले महत्वपूर्ण भूमिका निर्वाह गरेको छ र भविष्यमा अझ बढी जिम्मेवार हुन आवश्यक देखिन्छ । तसर्थ यस राष्ट्रको आर्थिक, सामाजिक, शैक्षिक रुपान्तरको तथा दीगो विकास लक्ष्य प्राप्तिमा टेवा पुर्याउनको लागि दक्ष, सीपयुक्त जनशक्ति उत्पादन गर्ने एक उत्कृष्ट शिक्षालयको रुपमा विकास गर्नु नै यस शिक्षालयको दुरदृष्टि हो ।