April 24, 2024 09:39:19

भर्ना आवेदन फाराम भर्ने सम्बन्धी अत्यन्त जरुरी सूचना !

प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषदद्वारा सम्बन्धन लिई यस देउराली जनता प्राविधिक शिक्षालयमा यस शैक्षिक शत्रको लागि प्रमाण पत्र तह नर्सिङ्ग, कृषि जे‍‍टिए र भेटेरेनरी जे‍‍टिए साथै यस शिक्षाालयका एशाेिसयट संस्थाहरु पश्चिमाञ्चल स्वास्थ्य विज्ञान प्रतिष्ठानमा डिप्लाेमा इन ल्याब टेक्निियसन र शुभकामना टेक्निकल कलेजमा प्रमाण पत्र तह नर्सिङ्ग कार्यक्रमको लागि भर्ना खुलेको सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।

शैक्षिक कार्यक्रम: प्रमाण पत्र तह नर्सिङ्ग ३ बर्ष, डिप्लाेमा इन ल्याब टेक्निियसन, कृषि जे‍‍टिए र भेटेरेनरी जे‍‍टिए
सिट संख्या : ४० (छात्रबृद्धि कोटा सहित)
आवश्यक न्युनतम शैक्षिक योग्यता :

प्रमाण पत्र तह नर्सिङ्ग र डिप्लाेमा इन ल्याब टेक्निियसनतर्फ

अक्षराङ्कन पद्दती लागु हुन पूर्वको हकमा मान्यता प्राप्त शिक्षण संस्थाबाट अनिवार्य गणित, अंग्रेजी र विज्ञान विषय लिई एस.एल.सी. वा सो सरहको परीक्षा कम्तीमा द्वितीय श्रेणीमा उत्तीर्ण वा कुल प्राप्ताङ्कमा ४५ प्रतिशत अंक प्राप्त वा एस.एल.सी. उत्तीर्ण भई परिषद् वा त्रिभुवन विश्वविद्यालयबाट यस बमोजिम संचालन हुने कार्यक्रमसंग सम्बन्धित प्राविधिक एस.एल.सी. को कुल पूर्णाङ्कमा क्रमशः ६८.३३ र ६६.६७ प्रतिशत अंक प्राप्त गरी उत्तीर्ण गरेको हुनु पर्नेछ । एस.एल.सी. (प्राविधिक धार) को योग्यताको हकमा उल्लेखित शैक्षिक कार्यक्रमका लागि तोकिएको प्रतिशत भित्र पर्ने ग्रेड कायम हुनेछ ।
अक्षराङ्कन पद्दती नतिजाको हकमा मान्यता प्राप्त शिक्षण संस्थाबाट प्रवेशिका वा एस.ई.ई. परीक्षामा अनिवार्य गणित, अंग्रेजी र विज्ञान विषयमा न्यूनतम सी ग्रेड प्राप्त गरी समग्र ग्रेड Grade Point Average (GPA) न्यूनतम २ प्राप्त

कृषि जे‍‍टिए र भेटेरेनरी जे‍‍टिएतर्फ

क. अक्षराङ्कन पद्धति लागु हुनु पूर्वका प्रवेशिका परीक्षाको हकमाः एस.एल.सी. वा सो सरहको परीक्षा उत्तीर्ण

ख. अक्षराङ्कन पद्धतिको नतिजाकोहकमाः मान्यता प्राप्त शिक्षण संस्थाबाट प्रवेशिका परीक्षा वा एसईई परीक्षामा न्यूनतम E ग्रेड प्राप्त

आवेदन साथ पेश गर्नुपर्ने कागजातहरु

क)        स्पष्ट मुखाकृती देखिने हालसालै खिचिएको पासपोर्ट साइज (35mmx45mm) को दुई प्रति रंगीन फोटो । (फोटोको पछाडी नामथर र अध्ययन गर्न चाहेको कार्यक्रम)

ख)       एस.एल.सी. वा प्राविधिक एस.एल.सी वा एसईई वा सो सरहको शैक्षिक योग्यताको प्रमाण पत्रको प्रमाणित प्रतिलिपी ।

ग)         नेपाल बाहेक अन्य मुलुकबाट एस.एल.सी. वा सो सरहको परीक्षा उत्तीर्ण गर्नेको हकमा नेपाल सरकारले तोकेको निकायद्वारा समकक्षता निर्धारण गरिएको प्रमाणितप्रति लिपी । \

घ)        पूर्णशुल्किय लक्षित वर्ग कोटामा समावेश हुने परीक्षार्थीहरुले भर्ना सम्बन्धी निर्देशिका–२०७४ (दोश्रो संशोधन)को बुंदा नं. ८ मा तोकिएको वर्गका परीक्षार्थीहरmलाई तोकिए बमोजिमकैे कागजातहरmको प्रमाणित प्रतिलिपी पेश गर्नुपर्ने ।

आवेदन फाराम भर्ने तथा बुझाउने सम्बन्धी विवरण :

१. प्रवेश परीक्षा शुल्क : प्रमाण पत्र तह नर्सिङ्ग र डिप्लाेमा इन ल्याब टेक्निियसनकाे लागि रु.१,५००।– र कृषि जे‍‍टिए/भेटेरेनरी जे‍‍टिएकाे लागि रु.५००।–

२. फाराम बितरण मिति : प्रमाण पत्र तह नर्सिङ्ग र डिप्लाेमा इन ल्याब टेक्निियसनकाे लागि २०७६ आषाढ २२ गते आईतवार देखि र कृषि जे‍‍टिए/भेटेरेनरी जे‍‍टिएकाे लागि २०७६ आषाढ २५ गते देखि ।

३. फाराम बुझाउने अन्तिम मिति : प्रमाण पत्र तह नर्सिङ्ग र डिप्लाेमा इन ल्याब टेक्निियसनकाे लागि २०७६ श्रावण १२ गते आईतवार सम्म र कृषि जे‍‍टिए/भेटेरेनरी जे‍‍टिएकाे लागि २०७६ श्रावण १५ गतेसम्म

४. फाराम पाइने र बुझाउने स्थान : आवेदन फाराम संस्थाको कार्यालय वा परिषद्को वेभसाइट www.ctevt.org.np बाट डाउनलोड गरी भर्नुपर्नेछ ।

५. प्रवेश परीक्षा हुने मिति : माण पत्र तह नर्सिङ्ग र डिप्लाेमा इन ल्याब टेक्निियसनकाे लागि २०७६ श्रावण २२ गते बुधवार बिहान ७:०० वजे देखि र कृषि जे‍‍टिए/भेटेरेनरी जे‍‍टिएकाे लागि २०७६ श्रावण २५ गते

६.परीक्षा समय : १ घण्टा ३० मिनेट

अन्य जानकारीको लागि

देउराली जनता प्राविधिक शिक्षालय

बुटवल–१३, जीतगढी, रुपन्देही
फोन नं. ०७१४४५५५२, ४४५३७७, ९८०४४७३३९१, ९८४४७०९६४४, ९८४३२८५०४०

                             E-mail: djpsbtl@gmail.com, Web: www.djps.edu.np

एशाेिसयट संस्था:

पश्चिमाञ्चल स्वास्थ्य विज्ञान प्रतिष्ठान  | शुभकामना टेक्निकल कलेज

बुटवल–१३, जीतगढी, रुपन्देही               |    तिलाेत्तमा–१५, भलवारी, रुपन्देही
फोन नं. ०७१४४५५५२, ९८४९६६२५००        |   फोन नं. ०७१५१४००७, ९८४७१४०५९१

नोटः यस संस्थामा प्राविधिक विषय अध्ययन गर्न चाहने विद्यार्थीहरुले छात्रबृत्तिका लागि गरिब मापन सुचकाङ्क (Proxy Mean Test-PMT) अनलाइन फाराम भर्ने अन्तिम मिति २०७६ असार ३१ गते सम्म । यथाशिघ्र आफ्नो सिट सुरक्षित गर्नुहोस् ।

आफ्नो सिट सुरक्षित गर्नको लागि तलकाे फाराम भर्नुहाेला ।

 
 

आवेदककाे नाम थर

 

Applicant Name (Capital Letter)

 

Date of Birth (जन्ममिति) बि.सं.मा

 

स्थायी ठेगाना

 

आवश्यक शैक्षिक याेग्यताकाे विवरण

 

ग्रेडिङ्ग नतिजाकाे हकमा

 

फाराम भर्दा संलग्न गर्नुपर्ने कागजातहरु

 

Verification

Leave a Reply

Your email address will not be published.