April 18, 2024 08:36:41

बिदाई कार्यक्रम सम्पन्न

बुटवल/साउन ७, २०७६ ।

नर्सिङ्ग तेस्रो बर्ष, ल्याब टेक्निसियन तेस्रो बर्ष, कृषि जेटिए र भेटनरी जेटिएमा अध्ययनरत विद्यार्थीहरुलाई बिदाई गरिएको छ ।
देउराली जनता प्राविधिक शिक्षालयमा नर्सिङ्ग तेस्रो बर्ष, कृषि जेटिए र भेटनरी अध्ययनरत बिद्यार्थीहरुलाई नर्सिङ्ग पहिलो बर्ष र दोस्रो बर्षका बिद्यार्थीहरुले कार्यक्रमको आयोजना गरी बिदाई गरेका छन् । यसैगरी पश्चिमाञ्चल स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ल्याब टेक्निसियन तेस्रो बर्ष अध्ययनरत विद्यार्थीहरुलाई ल्याबका पहिलो बर्ष र दोस्रो बर्षका बिद्यार्थीहरुले नर्सिङ्ग र ल्याब संकायले संयुक्त कार्यक्रमको आयोजना गरी बिदाई गरेका छन् ।
सोही बिदाई कार्यक्रमको समापतित्व ल्याब दोस्रो बर्षमा अध्ययनरत विद्यार्थी प्रतिक्षा बञ्जाडेले गर्नुभएको थियो भने प्रमुख अतिथिमा प्रदेश नं. ५ का सामाजिक विकास मन्त्री सुदर्शन बराल र विशिष्ट अतिथिमा संस्थाका संस्थापक प्रमुख प्रकाश राना हुनुहुन्थ्यो । अन्य अतिथिहरुमा लुम्बिनी प्रादेशिक अस्पतालका मेट्रोन दुर्गा पौडयाल, शुभकामना टेक्निकल कलेजका प्रमुख खेम थापा, कार्यक्रम निर्देशक मनोज कुमार थापा, देउराली जनता प्राविधिक शिक्षालयकी क्याम्पस प्रमुख प्रभा थापा, पश्चिमाञ्चल स्वास्थ्य विज्ञान प्रतिष्ठानका क्याम्पस प्रमुख उपेन्द्र अर्याल, शुभकामना टेक्निकल कलेजकी क्याम्पस प्रमुख सारिका श्रेष्ठ, विभिन्न संकायका को–अर्डिनेटर, प्रशिक्षक, कर्मचारी, अभिभावक लगायतको ३ सय जनाको उपस्थिति रहेको थियो ।
कक्षामा उत्कृष्ठ पहिलो हुने विद्यार्थीहरुलाई प्रमुख अतिथि सुदर्शन बराले सम्मान पत्र र खादा ओढाई सम्मान गर्नुभएको थियो भने बिदाई हुने बिद्यार्थीहरुलाई कलेको तर्फबाट खादा र मायोको चिनो बितरण गरिएको थियो । उत्कृष्ट पहिलो हुने विद्यार्थीहरुमा नर्सिङ्ग संकायतर्फबाट शवाङ्गी मिश्र, लक्ष्मी प्रजा, अस्मिता बस्नेत, चौकला श्रीस छन् भने ल्याब संकायका सुवाष यादव, वासिमा पठान, उपेन्द्र यादव, सृष्टि मुमी मगर रहेका छन् । कार्यक्रमको संचालन विद्यार्थी सेजल गुरुङ्ग र चौकला श्रीस थापाले गरेका थिए ।

Leave a Reply

Your email address will not be published.