April 27, 2024 11:19:14

शैक्षिक सत्र ०८०/८१ का लागि प्रवेश परीक्षा फाराम भर्ने सम्बन्धी सूचना

प्राविधिक तथा व्यवसायिक तालिम परिषद् (सिटिईभिटी)बाट सम्बन्धन प्राप्त यस देउराली जनता प्राविधिक शिक्षालय बुटवलमा संचालन गरिने प्रि डिप्लोमा तहका शैक्षिक कार्यक्रमहरुमा शैक्षिक सत्र ०८०÷८१ को लागि यस देउराली जनता प्राविधिक शिक्षालय बुटवलमा कृषि विज्ञान र भेटेरीनरी विज्ञानमा पूर्ण शुल्कीयतर्फ विद्यार्थी छनौट गर्न योग्यता पुगेका व्यक्तिहरुबाट समयभित्र रितपूर्वक आवेदन भर्नुहुन सम्बन्धित सबैको लागि जानकारीको लागि यो सचना प्रकाशित गरिएको छ ।

विषयहरु प्रिडिप्लोमा इन एग्रिकल्चर (कृषि) साइन्स
प्रिडिप्लोमा इन भेटेरीनरी साइन्स

आवश्यक योग्यताः

मान्यता प्राप्त शिक्षालयबाट प्रवेशिका वा एस.ई.ई. परीक्षामा उत्तीर्ण

आवश्यक कागजातह

  • स्पष्ट मुखाकृती देखिने हालसालै खिचिएको पासपोर्ट साइज (35mmx45mm) कोे दुई प्रति रंगीन फोटो । (फोटोको पछाडि नाम, थर र अध्ययन गर्न चाहेको कार्यक्रम स्पष्टसंग लेखिएको हुनुपर्नेछ)
  • जन्मदर्ता वा नागरिकता प्रमाण पत्रको फोटोकपी
  • एस.एल.सी. वा एस.ई.ई. वा सो सरहको शैक्षिक योग्यताको लब्धांकपत्र र प्रमाणपत्रको प्रतिलिपी ।
  • नेपाल बाहेक अन्य मुलुकबाट एस.एल.सी. वा सो सरहको परीक्षा उत्तीर्ण गर्नेको हकमा नेपाल सरकारले तोकेको निकायद्वारा समकक्षता निर्धारण गरिएको पत्रको प्रतिलिपी ।
  • पूर्ण शुल्किय लक्षित वर्ग कोटामा समावेश हुने परीक्षार्थीहरुले भर्ना सम्बन्धी निर्देशिकाकाे दफा २४ मा तोकिएको प्रकृया पुरा गरी आफूपर्ने लक्षित वर्ग खुल्ने कागजातहरुको प्रतिलिपी समेत पेश गर्नुपर्नेछ ।

फाराम वितरण मितिः २०८०/०३/२९
फारा भर्ने अन्तिम मितिः २०८०/०४/१२
प्रवेश परीक्षा मितिः २०८०/०४/२४ गते दिउसाे १ः०० बजे
प्रवेश परीक्षा शुल्कः रु. ५००/-

आवेदन फाराम बुझाउने विवरण

  • फाराम पाईने र बुझाउने स्थानः संस्थाको कार्यालय वा वेवसाइट www.djps.edu.np बाट पनि भर्न सकिनेछ ।
  • सम्पर्क नंः 071-445377, 9866859026, 9849662500, 9857020957
  • ठेगानाः जितगढी, बुटवल-१३, रुपन्देही

Online Registration Form : Click Here

Leave a Reply

Your email address will not be published.