May 08, 2024 22:41:26

PCL Medical LAB Technology Entrance Notice of PSBP

यस पश्चिमाञ्चल स्वास्थ्य विज्ञान प्रतिष्ठान  बुटवल १३, जितगढी रुपन्देहीमा प्रमाण पत्र तह मेडिकल ल्याब टेक्नाेलोजी (PCL Medical LAB Technology) कार्यक्रममा पूर्ण शुल्कीय तर्फ भर्ना खुलेको हुँदा योग्यता पुगेका ईच्छुक व्यक्तिहरुबाट दरखास्त आव्हान खुलेको हुँदा नेपाल सरकारले तोकेको स्वास्थ्य सम्बन्धी मापदण्ड पालना गरी रितपूर्वक आवेदन फाराम भर्नहुन  जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।

आवेदन फाराम भर्ने तथा बुझाउने विवरण

  • भर्ना प्रकृया शुल्क : रु ८००
  • फाराम वितरण मिति : २०७८ श्रावण ३१ गते देखि
  • फाराम भर्ने अन्तिम मिति : २०७८ भाद्र १८ गते सम्म । थप समयः २०७८ भाद्र २८ गते सम्म
  • फाराम पाईने र बुझाउने स्थानः संस्थाको कार्यालय वा वेवसाइट www.djps.edu.np बाट पनि भर्न सकिनेछ ।
  • सम्पर्क नंः 071-445377, 9866859026, 9849662500, 9844709644,9843285040, 9857020957

आवश्यक न्युनतम शैक्षिक योग्यता सम्बन्धी विवरण

मान्यता प्राप्त शिक्षण संस्थाबाट अनिवार्य गणित, अंग्रेजी र विज्ञान विषय लिई एस.एल.सी. वा सो सरहको परीक्षा उत्तीर्ण वा परिषद् वा त्रिभुवन विश्वविद्यालयबाट यस बमोजिम संचालन हुने कार्यक्रमसंग सम्बन्धित प्राविधिक एस.एल.सी. को कुल पूर्णाङ्कमा क्रमशः ६८.३३ र ६६.६७ प्रतिशत अंक प्राप्त गरी उत्तीर्ण ।

अक्षराङ्कन पद्धती लागु भएपछीको हकमा मान्यता प्राप्त शिक्षण संस्थाबाट प्रवेशिका वा एस.ई.ई. परीक्षामा अनिवार्य गणित, अंग्रेजी र विज्ञान विषयमा न्यूनतम C ग्रेड प्राप्त गरी समग्र ग्रेड Grade Average Point (GPA) ( न्यूनतम 2 प्राप्त ।

आवेदन साथ पेश गर्नुपर्ने कागजातहरुः

  • स्पष्ट मुखाकृती देखिने हालसालै खिचिएको पासपोर्ट साइज (35mmx45mm) को दुई प्रति रंगीन फोटो ।
  • एस.एल.सी. वा प्राविधिक एस.एल.सी वा एस.ई.ई.वा सो सरहको शैक्षिक योग्यताको लब्धांकपत्र र प्रमाण पत्रको प्रतिलिपी ।
  • कक्षा ८ को लब्धांकपत्र
  • जन्म दर्ता वा नागरिकताको प्रतिलिपी ।
  • नेपाल बाहेक अन्य मुलुकबाट एस.एल.सी. वा सो सरहको परीक्षा उत्तीर्ण गर्नेको हकमा नेपाल सरकारले तोकेको निकायद्वारा समकक्षता निर्धारण गरिएको पत्रको प्रतिलिपी।
  • पूर्णशुल्किय लक्षित वर्ग कोटामा समावेश हुने परीक्षार्थीहरुले भर्ना सम्बन्धी निर्देशिका–२०७७ (पहिलो संशोधन) को बुंदा नं. ११ मा तोकिएको आफूपर्ने लक्षित वर्ग खुल्ने कागजातहरुको प्रतिलिपी पेशगर्नुपर्नेछ ।
  • आवेदन फाराम बुझ्दा, बुझाउंदा स्वास्थ्य सम्बन्धी मापदण्ड अनिवार्य अपनाउनुपर्नेछ । जसको लागि संस्थाकाे बिद्युतिय माध्यमको प्रयोग गर्नुपर्नेछ ।

कोटा संख्याः

  • ३० जना

जेहेन्दार छात्रवृत्ति

संस्थामा परीक्षार्थी भर्नाका लागि आवेदन फाराम भरेका पूर्ण शुल्किय लक्षित वर्ग कोटा र पूर्ण शुल्किय खुला कोटाबाट छनौट भएका परीक्षार्थीहरु मध्ये उच्चतम अंक प्राप्त गर्ने एक जनालाई जेहेन्दार छात्रवृत्ति प्रदान गरिनेछ । यसरी प्रदान गरीने छात्रवृत्ति पहिलो वर्ष वा सेमेष्टरका लागि मात्र लागु हुनेछ । दोस्रो वर्ष वा सेमेष्टरका लागि अघिल्लो बर्ष वा सेमेष्टरमा उच्चतम अंक प्राप्त गर्ने परीक्षार्थीलाई प्रदान गरीनेछ । यसरी छात्रवृत्ति पाउने विद्यार्थीसँग संस्थाले खाने बस्ने बाहेक अन्य कुनै पनि शुल्क लिईने छैन ।

 

Leave a Reply

Your email address will not be published.