March 29, 2024 06:37:36

बिदाई कार्यक्रम सम्पन्न

असार ३१, २०७५ /देउराली जनता प्राविधिक शिक्षालयमा प्रविणता प्रमाण पत्र तह नर्सिङ्ग तेस्रो बर्षमा अध्ययनरत विद्यार्थीहरुलाई बिदाई कार्यक्रम गरिएको छ ।

पहिलो र दोस्रो बर्षमा अध्ययनरत विद्यार्थीहरुले तेस्रो बर्षका बिद्यार्थीहरुलाई अाइतवार बिदाई कार्यक्रम गरेका हुन् । नेपालमा तीन बर्षे नर्सिङ्ग कार्यक्रम सिटिईभिटीको सम्बन्धनमा देशका विभिन्न निजी तथा प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद्का आंशिक कलेजहरुमा पढाई हुदै आईरहेको छ । प्रविणता प्रमाणपत्र तह वा सो सरह को शैक्षिक तह उत्रिण गरेपछि स्नातक तहमा प्रवेश पाइन्छ । नेपालमा ३ बर्षे तथा ४ बर्षे स्नातक तह पछि स्नातकोत्तर तहमा प्रवेश पाइन्छ । विसं २०१३ सालमा नर्सिङ्ग स्कुलको स्थापना संगै नेपालमा यस्को अध्ययन अध्यापन सुरु भएको हो । नर्सिङ्ग कलेजको स्थापनासंगै यसप्रति अध्ययन गर्नेहरुको मोह मात्र बढेन, शहर बजारमा थपिएको निजी अस्पतालहरु संगै रोजगारीका अवसरहरु पनि सृजना भए । अहिले सम्म लगभग ७४ हजार ८ सय ४० जना नर्सहरु आधिकारिक रुपमा नेपाल नर्सिङ्ग काउन्सिलमा दर्ता भएका छन् ।

कलेजका प्रिन्सीपल प्रभा थापाको प्रमुख आतिथ्य र संचालक प्रकाश रानाका विशिष्ठ आतिथ्यतामा भएको कार्यक्रममा विद्यार्थीहरुको उज्जवल भविष्यको कामनाका साथै उत्तरोत्तर प्रगतिको कामना गर्नुभएको थियो । प्रथम बर्षकी स्वस्तीका केसी र दोस्रो बर्षकी शितल श्रेष्ठले स्वागत मन्तव्य राख्नु भएको थियो । समापन कार्यक्रममा तेस्रो बर्षमा अध्ययनरत आर्या भण्डारीले आफ्नो भनाई राख्नुभएको थियो भने कार्यक्रमको संचालन पहिलो बर्षकी प्रकृति लामिछाने र दोस्रो बर्षकी सीमा सुनारले गर्नुभएको थियो । जीतगढी पार्टी प्यालेसमा सम्पन्न भएकाे कार्यक्रममा १५० जनाभन्दा बढीको सहभागिता रहेको थियो ।

Leave a Reply

Your email address will not be published.