May 01, 2026 21:01:26

प्रमाण पत्र तह नर्सिङ्गको नतिजा प्रकाशन तथा भर्ना सम्बन्धी सूचना

 प्रकाशित मितिः २०८१/०८/३०

         प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद्, परीक्षा नियन्त्रण कार्यालय, सानोठिमी, भक्तपुरको मिति २०८१/०८/२१ गते प्रकाशित सूचना अनुसार शैक्षिक शत्र २०८१/०८२ का लागि मिति २०८१/०४/१९ गते संचालन गरिएको पुर्ण शुल्कीय तर्फको प्रमाणपत्र तह नर्सिङ्ग कार्यक्रमको प्रवेश परीक्षा दिई उत्तीर्ण सूचीमा रहेका परीक्षार्थीहरुबाट निवेदन माग गरिएकोमा यस कलेज तथा परिषद् लुम्बिनी प्रदेश कार्यालयमा दर्ता भएका निवेदनहरुबाट कोटा अनुसार योग्यताक्रम तयार गरी भर्नाको लागि सिफारिस एवं नतिजा प्रकाशन गरिएको सम्बन्धित सबैको जानकारीका लागि यो सुचना प्रकाशन गरिएको छ ।

मुख्य उम्मेदवारको रुपमा सिफारिस गरिएका परीक्षार्थीहरुले मिति २०८१/०९/०९ गते कार्यालय समयभित्र सक्कल प्रवेश पत्र, नागरिकता/जन्मदर्ता, फोटो तथा अन्य सक्कल शैक्षिक प्रमाण पत्रहरु सहित अनिवार्य रुपमा यस शिक्षण संस्थामा सम्पर्क राखी CTEVT को नियमानुसार शुल्क जम्मा गरी भर्ना हुनु हुन जानकारी गराईन्छ साथै उक्त मिति भित्र मुख्य उम्मेदवार भर्ना हुन नआएमा पास लिस्टमा रहेका परीक्षार्थीहरुलाई सुचना प्रकाशन गरी भर्ना गरिने व्यहोरा समेत यसै सुचना मार्फत जानकारी गराइन्छ ।

बिस्तृत जानकारी हेर्नकाे तलकाे लिङ्कमा जानहाेस् । 

Notice

View Result Sheet

Leave a Reply

Your email address will not be published.