December 01, 2023 13:03:56

अध्यक्षकाे भनाई

देउराली जनता प्राविधिक शिक्षालय कम्पनी ऐन २०६३ अन्तर्गत कम्पनी रजिष्ट्रारको कार्यालयमा वि. सं. २०६४ सालमा दर्ता गरी प्रदेश न‌ं ५ को बुटवल उप–महानगरपालिका वडा नं. १३ नेपालको ऐतिहासिक स्थल जीतगढीमा करिव १ विगाहा क्षेत्रफल भित्र आफ्नै सुविधा सम्पन्न भवनबाट संचालन गरिदैं आईरहेको छ । नेपाल सरकार, शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय, प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद् (CTEVT) बाट सम्बन्धन स्वीकृति लिइ  प्रमाण–पत्र तह नर्सिङ्ग (स्टाफ नर्स) ३ बर्ष, कृषि जे.टि.ए. र भेटेरेनरी जे.टि.ए. कार्यक्रम संचालन गर्दै आएको छ । स्थापनाकालको छोटो समयमै बुटवलको केन्द्रमा अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको भौतिक पूर्वाधार सहितको सुविधा सम्पन्न भवन, अत्याधुनिक प्रयोगशाला, व्यवस्थित पुस्तकालय, अतिरिक्त क्रियाकलापका माध्यमबाट  शान्त वातावरणमा अध्ययन/अध्यापन गराउनुकाे साथै गरिब तथा जेहेन्दार विद्यार्थीको लागि छात्रवृत्तिको समेत व्यवस्था छ ।

के धनि ? के गरिव ? सवै तह, तप्का र वर्गका वेरोजगार युवायुवतीहरुले सहज, सरल र सर्वशुलभ रुपमा बोली खाने शिक्षा नभई गरी खाने शिक्षा अध्ययन गराउने  दृष्टिकोणले यस शिक्षालय संचालनको परिकल्पना गरिएको छ । नेपाल सरकारको ‘समृद्ध नेपाल र सुखी नेपाली’ भन्ने दीर्घकालीन सोचलाई साकार पार्न प्राविधिक तथा व्यवसायिक शिक्षा र तालीमको समयानुकुल विकास गर्न नितान्त जरुरी छ । वर्तमान परिपेक्ष्यमा नेपालको लागि आवश्यक दक्ष र सीयपुक्त जनशक्ति उत्पादनमा यस शिक्षालयले महत्वपूर्ण भूमिका निर्वाह गर्दै आइरहेको छ । राष्ट्रको आर्थिक, सामाजिक, शैक्षिक रुपान्तर तथा दीगो विकास लक्ष्य प्राप्तिमा टेवा पु¥याउनको लागि दक्ष, सीपयुक्त जनशक्ति उत्पादन गर्ने एक उत्कृष्ट शिक्षालयको रुपमा विकास गर्नु नै शिक्षालयको उद्देश्य रहेको छ ।

[Home]

2 thoughts on “अध्यक्षकाे भनाई

Leave a Reply

Your email address will not be published.