August 07, 2025 15:27:40

प्रमाण-पत्र तह नर्सिङ्गकाे अनलाइन आवेदन सम्बन्धी सूचना

सूचना प्रकाशित मितिः २०८२/०४/०५

प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद् बाट सम्बन्धन/स्वीकृती प्राप्त नीजि स्तरमा संचालित यस देउराली जनाता प्राविधिक शिक्षालयमा शैक्षिक सत्र २०८२/०८३ मा संचालन गरिने प्रमाण-पत्र तह नर्सिङ्ग पूर्ण शुल्कीय कार्यक्रमको लागि योग्यता पुगेका इच्छुक आवेदकहरुबाट परिषद्काे ITMS Online मा डिप्लोमा तथा प्रमाणपत्र तहमा प्रशिक्षार्थी छनोट, छात्रवृत्ति वितरण तथा भर्ना सम्बन्धी निर्देशिका-२०८२ बमाेजिम रितपूर्वक अनलाइन आवेदन फाराम भर्नु भराउनु हुन सम्बन्धित सवैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ ।


काेटा संख्याः ४०

आवेदन फाराम भर्ने तथा बुझाउने विवरण


  • आवेदन शुल्क : रु. १०००/-
  • अनलाइन आवेदन खुल्ने मितिः २०८२/०४/०६ गतेदेखि
  • फाराम भर्ने अन्तिम मिति : २०८२/०४/२६ गते राती ११ः५९ बजेसम्म

आवश्यक शैक्षिक याेग्यता

(क) अक्षराङ्कन पद्धति लागू हुनु पूर्वका परीक्षाको हकमाः

मान्यता प्राप्त शिक्षण संस्थाबाट अनिवार्य गणित, अंग्रेजी र विज्ञान विषय लिई एस.एल.सी. वा सो सरहको परीक्षा कम्तीमा द्वितीय श्रेणीमा उत्तीर्ण वा कुल प्राप्ताङ्कमा ४५ प्रतिशत अङ्क प्राप्त वा एस.एल.सी. उत्तीर्ण भई परीषद् बाट सञ्चालन हुने कार्यक्रमसँग सम्बन्धित प्राविधिक एस.एल.सी., प्रि– डिप्लोमा तहको कुल पूर्णाङ्कमा ६८.३३ प्रतिशत अङ्क प्राप्त गरी उत्तीर्ण गरेको

(ख) अक्षराङ्कन पद्धति लागू भए पछिको परीक्षाको हकमाः

मान्यता प्राप्त शिक्षण संस्थाबाट प्रवेशिका वा एस.ई.ई. परीक्षामा अनिवार्य अङ्ग्रेजी, गणित र विज्ञान विषय लिई समग्रमा ‚स्तरिकृत अङ्क ४.० मा न्यूनतम २.० जी.पी.ए. अथवा सो सरह वा परीषदबाट सम्बन्धित प्राविधिक एस.एल.सी.÷प्रि–डिप्लोमा तहको कुल पूर्णाङ्कमा ६८.३३ प्रतिशत अङ्क प्राप्त गर उत्तीर्ण गरेको

आवेदन साथ पेश गर्नुपर्ने कागजातहरुः


आवेदन फारामका साथ तोकिएको सेवा प्रदायकहरू Connect IPS वा Khalti Wallet मार्फत शुल्क Online माध्यमबाट बुझाउनु पर्नेछ .
(क) नेपाली नागरिकता (नाबालकको हकमा जन्म दर्ता प्रमाणपत्रको सक्कलबाट Scan गरिएको प्रति
(ख) न्यूनतम शैक्षिक योग्यता वा सो सरहको शैक्षिक प्रमाणपत्रको सक्कलबाट Scan गरिएको प्रति
(ग) सरकारी वा सामुदायिक विद्यालयको हकमा सम्बन्धित पालिकाले विद्यालयको किसिम प्रमाणित गरेको पत्र  Scan गरिएको प्रति
(घ) प्रष्ट मुखाकृति देखिने हालसालै खिचिएको पासपोर्ट साइज ३५x४५mm को १ प्रति फोटो । पछि उक्त फोटो सच्याउन पाइने छैन ।

Online बाट शुल्क जम्मा गरी फाराम भर्ने तरिकाः

(अ) वेब ब्राउजरमा www.ctevt.org.np वा www.ctevtexam.org.np टाइप गरी Enter गर्ने

आ) Classified Online Form Click मा गर्ने

(इ) आफूले अध्ययन गर्न चाहेको एउटा Diploma/PCL छानी New User मा Click गर्ने

(ई परिक्षार्थीको नाम, थर र मोबाइल नम्बर राखी Process मा Click गर्ने

(उ) शुल्क जम्मा गर्ने Pay Now मा छानी आफुले शुल्क जम्मा गर्ने कम्पनी छानी Process मा Click गर्ने

(ऊ) शुल्क जम्मा गƒेको भेरिफिकेसन पश्चात् आफ्नो पासवर्ड Create गर्ने र पासवर्ड Create भई सके पछि Classified Scholarship Online Application Form Open हुन्छ ।  Online Application Form  मा उल्लेख भएको आवश्यक विवरण भर्दै जानु पर्ने छ ।

नोटः आवश्यक कागजात jpg फर्मेटमा Scan गरि Upload गर्ने ।

  • Photo Size: 35x45mm,  Minimum 8kb, Maximum 50 kb
  • Signature Size : Minimum 3kb, Maximum 20 kb
  • Document: Minimum 80kb, Maximum 300 kb
अन्य तथा ‍थप जानकारीकाे लागि

देउराली जनता प्राविधक शिक्षाालय

बुटवल-१३, जितगढी, रुपन्देही

सम्पर्क नंः 071-445377, 9866859026,9807467863, 9849662500, 9857020957


  • फाराम तथा सुचनाकाे लागि यहाँ क्लिक गर्नुहाेस् ।
  • सिटीईभिटीकाे भर्ना सम्बन्धी निर्देशिका काे लागि यहाँ क्लिक गर्नुहाेस् ।
  • अनलाइन फर्म भर्नकाे लागि यहाँ क्लिक गर्नुहाेस् ।

Leave a Reply

Your email address will not be published.