August 22, 2025 18:40:45

शैक्षिक सत्र २०८२/०८३ काे लागि कृषि/भेटनरी विषयमा भर्ना खुल्याे

प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद्बाट संचालन गरिने प्रि–डिप्लोमा तहका तपसिल बमोजिमका शैक्षिक कार्यक्रमहरुमा शैक्षिक सत्र २०८२/०८३ मा परिषद्बाट संचालनका लागि सम्बन्धन/स्वीकृती पाएको नीजि स्तरमा संचालित यस देउराली जनाता प्राविधिक शिक्षालयमा योग्यता पुगेका इच्छुक व्यक्तिहरुबाट रितपूर्वक अनलाइन आवेदन फाराम भर्नु भराउनु हुन सम्बन्धित सवैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको
छ ।

अध्ययन गराइने शैक्षिक कार्यक्रमहरुः

१‍. प्रि–डिप्लोमा ईन एग्रिकल्चर (प्लान्ट साइन्स) – संख्या ४०

२‍. प्रि–डिप्लोमा ईन भेटेरीनरी साइन्स (पशु चिकित्सा) – संख्या ४०

शैक्षिक याेग्यताः

मान्यता प्राप्त शिक्षण संस्थाबाट एस.एल.सी. वा सो सरहको परीक्षा उत्तीर्ण वा एस.ई.ई का सम्पूर्ण विषयको परीक्षामा समावेस भई Not Grade (NG) वा सो सरह वा ग्रेड सिट प्राप्त ।

आवेदन साथ पेश गर्नुपर्ने कागजातहरु
(क) स्पष्ट मुखाकृती देखिने हालसालै खिचिएको पासपोर्ट साइज (35mmx45mm) कोे दुई प्रति फोटो ।
(ख) एस.एल.सी. वा एस.ई.ई. वा सो सरहको शैक्षिक योग्यताको लब्धाङ्क पत्र र प्रमाणपत्र ।
(ग) नेपाल बाहेक अन्य मुलुकबाट एस.एल.सी. वा सो सरहको परीक्षा उत्तीर्ण गर्नेको हकमा नेपाल सरकारले तोकेको निकायद्वारा समकक्षता निर्धारण गरिएको पत्र ।
(घ) पूर्ण शुल्कीय लक्षित वर्ग कोटामा समावेश हुने परीक्षार्थीहरुले भर्ना सम्बन्धी निर्देशिका २०८२ को दफा ७ मा तोकिएको वर्गका परीक्षार्थीहरुलाई तोकिए बमोजिमकैे कागजातहरु पेश गर्नुपर्ने ।

आवेदन फाराम भर्ने तथा बुझाउने सम्बन्धी विवरणः

  • प्रवेश परीक्षा शुल्कः प्रति परीक्षार्थी रु ५००।
  • फाराम बितरण मितिः २०८२ असार २३ गते देखि
  • फाराम बुझाउने अन्तिम मितिः २०८२ श्रावण ११ गते आईतवार सम्म
  • थप म्यादः २०८२ श्रावण २० गते मंगलबार राती ११ः५९ बजेसम्म
  • फाराम बुझाउने स्थानः अनलाइन फाराम www.ctevtexam.org.np मा Click गर्ने

विस्तृत जानकारीकाे लागि

देउराली जनता प्राविधक शिक्षाालय

बुटवल-१३, जितगढी, रुपन्देही

फोन न‌ं. 071445377, 986-6859026, 9803091399, 9849662500

अनलाइन फर्म भर्न यहाँ क्लिक गर्नुहाेस् ।

भर्ना फाराम प्रकृयाकाे लागि यहा क्लिक गर्नुहाेस् ।

 

Leave a Reply

Your email address will not be published.