Deurali Janata Prabidhik Shikshyalaya

Loading...

Excellence in Education, Compassion in Service, Integrity in Practice.

No results found for ""

Notice Details

डिप्लोमा/प्रमाण पत्र नर्सिङ (स्टाफ नर्स) कार्यक्रमको पूर्ण शुल्कीय तर्फ रिक्त सिटहरूमा छनौटका लागि निवेदन दिने सम्बन्धी अत्यन्त जरुरी सूचना

प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद्, परीक्षा नियन्त्रण कार्यालय भक्तपुरको मिति २०८३/०१/२८ गते प्रकाशित सूचना अनुसार मिति २०८३/०२/२६ गते सम्म यस शिक्षालयमा पूर्ण शुल्कीय तर्फ नर्सिङ्ग (स्टाफ नर्स) कार्यक्रममा मुख्य उम्मेदवारका रुपमा छनौट गरी भर्ना सिफारिस गरिएका उम्मेदवारहरु मध्ये मुख्य उम्मेद्वारहरु भर्ना हुन नआई सिट रिक्त रहेको हुदा यस शिक्षालयमा नर्सिङ्ग कार्यक्रमको बैकल्पिक (पास लिष्ट) योग्यताक्रम सूचीमा रहेका उम्मेद्दारहरुले यो सूचना प्रकाशन भएको मितिले ५ दिन भित्रमा यस शिक्षालयमा रितपूर्वक निवेदन दिनु हुन अनुरोध छ । साथै योग्यताक्रम सूचीमा रहेका उम्मेद्दारहरुबाट प्रि-डिप्लोमा र डिप्लोमा तथा प्रमाण पत्र तहमा प्रशिक्षार्थी छनोट, छात्रवृत्ति तथा भर्ना सम्बन्धी निर्देशिका, २०८२ को दफा १९ बमोजिम तथा शैक्षिक सत्र २०८३/०८४ का लागि प्रवेश प्रक्रिया, भर्ना र रजिष्ट्रेशन सम्बन्धी कार्य सञ्चालन मार्गदर्शन अनुसार छनौट गरी भर्ना गरिने व्यहोरा सूचना गरिन्छ ।