April 19, 2024 10:33:08

प्रमाण पत्र तह र प्रि-डिप्लाेमा कार्यक्रमकाे भर्ना सम्बन्धी सूचना

खुल्यो!                  खुल्याे!!                      भर्ना खुल्याे!!!


यस देउराली जनता प्राविधिक शिक्षालय बुटवल १३, जितगढी रुपन्देहीमा प्रमाण पत्र तह नर्सिङ्ग कार्यक्रमऽ, प्रि-डिप्लाेमा इन एग्रिकल्चर (प्लान्ट साइन्स) प्रि-डिप्लाेमा इन भेटेरीनरी साइन्स) कार्यक्रममा पूर्ण शुल्कीय तर्फ भर्ना खुलेको हुँदा योग्यता पुगेका ईच्छुक व्यक्तिहरुबाट दरखास्त आव्हान खुलेकाे हुँदा जानकारीकाे लागि याे सूचना प्रकािशत गरिएकाे छ ।

आवेदन फाराम भर्ने तथा बुझाउने विवरण


  • भर्ना प्रकृया शुल्क : प्रमाणपत्र तह नर्सिङ्गतर्फ रु‍ ८०० र प्रि-डिप्लाेमा तर्फ रु ३०० (एभरेष्ट बैंक बुटवल शाखाकाे खाता नं. ००४००१०५२००२२३)
  • फाराम वितरण मिति : २०७७ भाद्र २६ गते देखि (नर्सिङ्गतर्फ) र २०७७ भाद्र ३० गते देखि (प्रि-डिप्लाेमा तर्फ)
  • फाराम भर्ने अन्तिम मिति : २०७७ असाेज १५ गते सम्म (नर्सिङ्गतर्फ) र २०७७ असाेज १९ गतेसम्म (प्रि-डिप्लाेमा तर्फ)
  • फाराम पाईने र बुझाउने स्थानः बुटवल उ.न‍.पा. वडा नं १३ जितगढी स्थित संस्थाकाे कार्यालय वा वेवसाइट www.djps.edu.np बाट पनि भर्न सकिनेछ ।
  • सम्पर्क नंः 071-445377, 9866859026, 9849662500, 9844709644,9843285040, 9857020957

आवेदन फाराम बुझ्दा, बुझाउदा स्वास्थ्य सम्बन्धी मापदण्ड अनिवार्य अपनाउनु पर्नेछ ।

आवश्यक न्युनता शैक्षिक याेग्यता सम्बन्धी विवरण

  • प्रमाणपत्र तह नर्सिङ्गतर्फ

मान्यता प्राप्त शिक्षण संस्थाबाट अनिवार्य गणित, अंग्रेजी र विज्ञान विषय लिई एस.एल.सी. वा सो सरहको परीक्षा कम्तीमा द्वितीय श्रेणीमा उत्तीर्ण वा कुल प्राप्ताङ्कमा ४५ प्रतिशत अंक प्राप्त वा एस.एल.सी. उत्तीर्ण भई परिषद् वा त्रिभुवन विश्वविद्यालयबाट यस बमोजिम संचालन हुने कार्यक्रमसंग सम्बन्धित प्राविधिक एस.एल.सी. को कुल पूर्णाङ्कमा क्रमशः ६८.३३ र ६६.६७ प्रतिशत अंक प्राप्त गरी उत्तीर्ण गरेको ।
अक्षराङ्कन पद्धती लागु भएपछीको हकमा मान्यता प्राप्त शिक्षण संस्थाबाट प्रवेशिका वा एस.ई.ई. परीक्षामा अनिवार्य गणित, अंग्रेजी र विज्ञान विषयमा न्यूनतम C ग्रेड प्राप्त गरी समग्र ग्रेड GPA  न्यूनतम 2 प्राप्त ।

  • प्रि-डिप्लाेमा तर्फ

अक्षराङ्कन पद्धति लागु हुनु भन्दा पहिला मान्यता प्राप्त शिक्षण संस्थाबाट एस.एल.सी. वा सो सरहको परीक्षा उत्तीर्ण वा अक्षराङ्कन पद्धति लागु भए पछि जुनसुकै ग्रेडमा एस.ई.ई. परीक्षा उत्तीर्ण ।

आवेदन साथ पेश गर्नुपर्ने कागजातहरुः

  • स्पष्ट मुखाकृती देखिने हालसालै खिचिएको पासपोर्ट साइज (35mmx45mm) कोे दुई प्रति रंगीन फोटो ।
  • एस.एल.सी. वा प्राविधिक एस.एल.सी वा एस.ई.ई.वासो सरहको शैक्षिक योग्यताको लब्धांकपत्र र प्रमाण पत्रको प्रतिलिपी ।
  • जन्म दर्ता वा नागरिकताकाे प्रतिलिपी ।
  • नेपाल बाहेक अन्य मुलुकबाट एस.एल.सी. वा सो सरहको परीक्षा उत्तीर्ण गर्नेको हकमा नेपाल सरकारले तोकेको निकायद्वारा समकक्षता निर्धारण गरिएको पत्रकोप्रतिलिपी।
  • पूर्णशुल्किय लक्षित वर्ग कोटामा समावेशहुने परीक्षार्थीहरुले भर्ना सम्बन्धी निर्देशिका–२०७४ (तेश्रो संशोधन) को बुंदा नं. ८ मा तोकिएको आफूपर्ने लक्षित वर्ग खुल्ने कागजातहरुकाे प्रतिलिपी पेशगर्नुपर्नेछ ।
  • आवेदन फाराम बुझ्दा, बुझाउंदा स्वास्थ्य सम्बन्धी मापदण्ड अनिवार्य अपनाउनुपर्नेछ । जसको लागि संस्थाकाे बिद्युतिय माध्यमको प्रयोग गर्नुपर्नेछ ।
काेटा संख्याः

  • प्रमाणपत्र तह नर्सिङ्गतर्फः  ४०
  • प्रि-डिप्लाेमा इन एग्रिकल्चर (प्लान्ट साइन्स) तर्फः ४०
  • प्रि-डिप्लाेमा इन भेटेरीनरी साइन्सः ४०
जेहेन्दार छात्रवृत्ति

संस्थामा परीक्षार्थी भर्नाका लागि आवेदन फाराम भरेका पूर्ण शुल्किय लक्षित वर्ग कोटा र पूर्ण शुल्किय खुला कोटाबाट छनौट भएका परीक्षार्थीहरु मध्ये उच्चतम अंक प्राप्त गर्ने एक जनालाई जेहेन्दार छात्रवृत्ति प्रदान गरिनेछ । यसरी प्रदान गरीने छात्रवृत्ति पहिलो वर्ष वा सेमेष्टरका लागि मात्र लागु हुनेछ । दोस्रो वर्ष वा सेमेष्टरका लागि अघिल्लो बर्ष वा सेमेष्टरमा उच्चतम अंक प्राप्त गर्ने परीक्षार्थीलाई प्रदान गरीनेछ । यसरी छात्रवृत्ति पाउने विद्यार्थीसँग संस्थाले खाने बस्ने बाहेक अन्य कुनै पनि शुल्क लिईने छैन ।

अन्य तथा ‍थप जानकारीकाे लागि

  • प्रमाणपत्र तह नर्सिङ्गतर्फ सिटीईभिटीकाे फाराम तथा सुचनाकाे लागि यहाँ क्लिक गर्नुहाेस् ।
  • प्रि-डिप्लाेमा तर्फ सिटीईभिटीकाे फाराम तथा सुचनाकाे लागि यहाँ क्लिक गर्नुहाेस् ।
  • सिटीईभिटीकाे भर्ना सम्बन्धी निर्देशिका-२०७७ काे लागि यहाँ क्लिक गर्नुहाेस् ।
  • अनलाइन फर्म भर्नकाे लागि यहाँ क्लिक गर्नुहाेस् ।

 

Leave a Reply

Your email address will not be published.