April 16, 2024 14:14:27

विभिन्न व्यावसायिक विषयमा निःशुल्क तालिम सम्बन्धी सूचना

सुवर्ण अवसर!  सुवर्ण अवसर!!  सुवर्ण अवसर!!!

नेपाल सरकार, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, ईभेण्ट परियोजना दोस्रोको सहयोगमा यस देउराली जनता प्राविधिक शिक्षालय बुटवलद्वारा तपसिलका विषयहरुमा रोजगारीको सुनिश्चितता सहित सिटिईभिटीको पाठ्यक्रम ३९० घण्टे निःशुल्क तालीम (खाजा सहित) सञ्चालन गरिने भएकोले तालिम लिन ईच्छुक व्यक्तिहरुले यस संस्थामा मिति २०७४÷११÷२० गतेसम्ममा आवेदन दिनुहुन अनुरोध गरिन्छ । आवेदन फाराम यस संस्थाको दाङ, पाल्पा, रुपन्देही, नवलपरासी स्थित सम्पर्क कार्यालयमा निःशुल्क प्राप्त गर्ने सक्नुहुनेछ । तालीममा सहभागी हुन निम्न बमोजिमको योग्यता हुनुपर्ने जानकारी समेत गराइन्छ ।

  • सामाजिक तथा आर्थिक रुपले विपन्न
  • उमेर समूह ः १६ देखि ४० बर्षमा युवायुवतीहरु
  • नेपाली नागरिक भएको प्रमाण पत्र
  • तालीमको लागि कम्तीमा साक्षर भएको प्रमाण पत्र (ईसिडी र केयर गिभर बाहेक)
  • तह–२ को लागि सम्बन्धित पेशामा तह १ उत्तिर्ण गरेको प्रमाण पत्र
तालीम संचालन हुने विषय र स्थानहरु
सि.नं.

 

तालीम विषय तह संख्या तालीम संचालन हुने सम्पर्क व्यक्ति सम्पर्क नं
जिल्ला स्थान
सामूदायिक कृषि सहायक २० पाल्पा तिनाउ गा.पा.–३, दोभान ज्ञानेन्द्र पौडेल ९८५७०३७३५३
२० नवलपरासी सुनवल–५, बनकट्टी नर ब. खड्का ९८४७१२७३७२
२० नवलपरासी सुनवल–७, चारपाला नर ब. खड्का ९८४७१२७३७२
२० दाङ तुल्सिपुर–०७, मटेरा जिवराज अधिकारी ९८४४९३५५७१
केयर गिभर २० रुपन्देही बुटवल–१३, जीतगढी महेश न्यौपाने ९८५७०५८६७५
ईसिडी सहजकर्ता २० दाङ तुल्सिपुर–०७, झुमरे जिवराज अधिकारी ९८४४९३५५७१
४० रुपन्देही बुटवल–१३, जीतगढी महेश न्यौपाने ९८५७०५८६७५
बिल्डिड्ड ईलेक्ट्रिसियन २० दाङ तुल्सिपुर–०७, भुईयारथान जिवराज अधिकारी ९८४४९३५५७१
४० दाङ नेपालगंज–१८, कार्कादो चक्र राउत ९८५८०३०३७१
ए. ब्युटिसियन ४० रुपन्देही बुटवल–५, नेपालगंजरोड महेश न्यौपाने ९८५७०५८६७५
टेलरिङ्ग २० रुपन्देही बुटवल–३, गोलपार्क मिना थापा ९८४७०९०३४९
मेशन २० दाङ तुल्सिपुर–०७, भुईयारथान जिवराज अधिकारी ९८४४९३५५७१
प्लम्बर २० दाङ तुल्सिपुर–०७, भुईयारथान जिवराज अधिकारी ९८४४९३५५७१
२० बाँके नेपालगंज–१८, कार्कादो चक्र राउत ९८५८०३०३७१
मोबाइल फोन रिपेरिङ्ग २० झापा अर्जुनधारा–६, बिहानी चोक पदम कार्की ९८४४६८६४८५

प्राथमिकतामा पर्ने समूहहरु:
लोपोन्मुख, अति सीमान्तकृत जानजाति तथा सीमान्तकृत जनजाति, महिला, आदिवासी जनजाति, मुश्लिम, गरिब मधेशी, दलित, अपाड्डता भएका व्यक्त तथा बैदेशिक रोजगारबाट फर्किएका बेरोजगार युबाहरु, अन्य जातजातिका गरिब बेरोजगार युबाहरु तथा मानव विकास सूचांकमा पछि परेका जिल्लाहरुका गरिब बेरोजगार युबाहरु ।

विस्तृत जानकारीको लागि

देउराली जनता प्राविधिक शिक्षालय

बुटवल–१३, रुपन्देही, नेपाल फोन नं. ०७१–४४५३७७, ४४५५५२
मो. नं. ९८४७०४९२५३, ९८५७०५८६७५, ९८४७१४०५९१

फर्म डाउनलाेड गर्नकाे लागि यहाँ क्लिक गर्नुहाेस्   Application form

अनलाइन फर्म भर्नकाे लागि यहाँ क्लिक गर्नुहाेस

One thought on “विभिन्न व्यावसायिक विषयमा निःशुल्क तालिम सम्बन्धी सूचना

Leave a Reply

Your email address will not be published.