March 28, 2024 02:20:31

सीप परीक्षणको दरखास्त आव्हान सम्बन्धी सूचना

देउराली जनता प्राविधिक शिक्षालय

बुटवल–१३, जीतगढी, रुपन्देही

सीप परीक्षणको दरखास्त आव्हान सम्बन्धी सूचना

सूचना प्रकाशित मितिः २०७६/०८/१२

प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद्, राष्ट्रिय सीप परीक्षण समिति National Skill Testing Board (NSTB) बाट स्वीकृत राष्ट्रिय व्यावसायगत सीप प्रमाणिका अनुसार व्यावसायिक शिक्षा तथा तालीम अभिवृद्धि परियोजना दोश्रो (EVENT)-II) को सहयोगमा सञ्चालन हुने सीप परीक्षणमा सम्मिलित हुन चाहने १६ वर्ष उमेर पुगेका औपचारिक तथा अनौपचारिक जुनसुकै तरिकाबाट सीप हासिल गरेका वा वैदेशिक रोजगारबाट फर्केका नेपाली नागरिकहरूबाट यस देउराली जनता प्राविधिक शिक्षालयको सीप परीक्षण केन्द्रमा तपसिल बमोजिमको व्यावसायको दरखास्त फाराम पेश गर्नुहुन सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।

 

क्र.सं.

व्यवसायको नाम

तह

सामूदायिक कृषि सहायक

सामूदायिक पशू सहायक

जुनियर प्लम्बर

हाउसहोल्ड प्लम्बर

 

दरखास्त दिनको लागि न्युनतम योग्यता र शुल्क

तह

योग्यता

नियमित शुल्क

सहुलियत शुल्क

तह १ को लागि सम्बन्धित व्यवसायको ज्ञान र सीप भै सम्बन्धित पेशामा कम्तीमा १ वर्षको कार्य अनूभव भएको वा सम्बन्धित व्यवसायको तालीम सहित ६ महिनाको कार्य अनूभव भएको वा सम्बन्धित व्यवसायमा कम्तिमा १६० घण्टा (१ महिना) को तालीम प्राप्त गरेको ।

रु.५००/–

रु.४००/–

तह २ को लागि तह २ को लागि  सम्बन्धित व्यवसायको ज्ञान र सीप भै सम्बन्धित पेशामा कम्तिमा ३ वर्षको कार्य अनूभव भएको वा सम्बन्धित व्यवसायमा तह १ को सीप परीक्षण उत्तीर्ण भै सम्बन्धित व्यवसायमा १ वर्षको कार्य अनूभव भएको वा सम्बन्धित व्यवसायमा १ वर्षको तालीम (कम्तीमा ६०० घण्टाको प्रत्यक्ष र ८०० घण्टाको कार्यगत) लिएको ।

रु.१२०० /–

रु.७००/–

 

  • दरखास्त फाराम राष्ट्रिय सीप परीक्षण समितिको वेब साइट nstb.org.np र इभेन्ट परियोजनाको वेब साइट www.event.gov.np बाट डाउनलोड गर्न तथा यस केन्द्रबाट प्राप्त गर्न सकिनेछ ।
  • दरखास्त फाराम तोकिएको केन्द्रमा मिति २०७६।९।११ गतेभित्र बुझाउनुपर्नेछ । दरखास्त फाराम बुझाउने अन्तिम दिन बिदा परेमा सोको भोलिपल्टसम्म बुझाउन सकिनेछ ।
  • फाराम साथ पासपोर्ट साईजको हालसालै खिचिएको एकै किसिमको फोटो २ प्रति, नागरिकताको प्रमाणपत्रको प्रतिलिपि, तालीम र अनुभवको प्रमाणपत्रका प्रष्ट बुझिने प्रतिलिपिहरू आफैले प्रमाणित गरी अनिवार्य रूपमा पेस गर्नुपर्नेछ ।
  • सहूलियत वर्ग (दलित, जनजाती र अपाङ्गको हकमा सम्बन्धित निकायबाट प्रमाणित कागजात पेस गर्नुपर्ने छ ।
  • वैदेशिक रोजगारमा गई स्वदेश फर्किएका व्यक्तिहरूले फाराम भर्दा पासपोर्ट र भिसाको प्रतिलिपि अनिवार्य पेस गर्नुपर्नेछ ।
  • अन्य जानकारीको लागि मिति २०७६÷०८÷१२ गतेको गोरखापत्र वा राष्ट्रिय सीप परीक्षण समितिको सम्पर्क नं. ०१६६३८१५३, ६६३५१९५ मोबाइल नं. ९८५११२७०८० र ९८५११६३९६४ मा सम्पर्क गर्नुहुन अनुरोध गरिन्छ वा यस केन्द्रमा सिधै सम्पर्क गर्न सकिनेछ ।

थप जानकारी Click Here 

Leave a Reply

Your email address will not be published.